Skip to content
Shikhar Insurance
National Life

१३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सीआईटीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले गत आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित चुक्तापुँजीको कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कोषको मंसिर ८ गते बसेको सञ्चालक समिति बैठकले पुष २९ गते काठमाडौंको नयाँबानेश्वरस्थित सीआईटी बिल्डिङमा बस्ने गरी वार्षिक साधारणसभा बोलाएको हो । सभाले पारित गर्ने लाभांशमा ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन् ।

सभाले कम्पनीको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनी तथा सञ्चालकका तर्फबाट एक–एकजना प्रतिनिधि नियुक्त गरिनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुष २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। पुष २१ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुनेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE