Skip to content
Shikhar Insurance
National Life

१३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरू कालो सूचीमा, कुन कुन परे ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । मंसिर २९ गते बिहीबार कार्यालयले एक सूचना जारी गर्दै विभिन्न १३ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीहरूलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

यी मध्ये दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष र १० कम्पनीलाई एक वर्ष कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

तीन वर्षसम्म कालोसूचिमा राखिएका कम्पनीहरुमा सिराहाको थाक्थुम्हाङ बी.पी जे.भी र काठमाडौंको स्टार अफिस इन्टरनेसनल रहेका छन् । त्यस्तै, मकवानपुरको सपना निर्माण सेवालाई दुई वर्षका लागि कालो सूचिमा राखिएको छ ।

त्यस्तै, काठमाडौंको सूर्या रोशनी इन्डस्ट्रियल प्रालि, रौतहटको राष्ट्र निर्माण सेवा, सर्लाहीको नन्दु निर्माण सेवा प्रालि, भरतपुरको लोहनी एन्ड सन्स कन्स्ट्रक्सन प्रालि, कपिलवस्तुको खिम निमर्माण सेवा, काठमाडौंको खहरेखोला इन्टरप्राइजेज, कपिलवस्तुको जय निर्माण सेवा, चितवनको जन कन्स्ट्रक्सन प्रालि, जनकपुरको देव कन्स्ट्रक्सन र काठमाडौंको अग्रिम/पी.पी जे.भी कम्पनीलाई एक वर्षको लागि कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा राखिएको निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् ।

यी कम्पनीहरुलाई विभिन्न निकायले कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेपछि कालो सूचिमा राखिएको कार्यालयले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्