Skip to content
Shikhar Insurance
National Life

१३ औं एचआर मिट सम्पन्न, यी हुन सम्मानित हुने र उपाधि जित्नेहरु

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्रोथ सेलर्सले एचआर मिटको १३ औं संस्करण दुई दिने गैर आवसीय सम्मेलन आयोजना गरेको छ । ग्रोथ सेलर्सले सन् २००८ देखि एचआर मिट आयोजना गर्दै आइरहेको छ ।

ग्रोथ सेलर्स मानव संशाधन पुँजीलाई विकशीत गर्ने तथा सशक्तिकरण गर्ने लक्ष्यका साथ अघि बढेको कम्पनी हो ।

सम्मेलनमा मानव संशाधन भित्रका विभिन्न विषयमा छलफल भएको जानकारी कम्पनीका प्रबन्ध निर्देशक मोहन ओझाले दिए ।

यसपालीको एचआर मिटको थिम ‘क्रियट एजाइल इन्भारोमेन्ट’ थियो ।

सो अवसरमा एक्सिलेन्स इन एचआर इन्नोभेसन एन्ड टेक्नोलोजी अवार्ड सुर्य नेपाल, एक्सिलेन्स इन इप्लोइ एक्स्पेरियन्स अवार्ड नबिल बैंक, एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, एक्सिलेन्स इन इन्डस्ट्रियल रिलेसज अवार्ड एसिनयन पेन्टस्, नेसनल एचआर एक्सिलेन्स अवार्ड एनसेललाई प्रदान गरियो ।

अवार्ड काठमाडौं विश्वविद्यालयका पुर्व डिन प्रा.डा. सुभास केसीको अध्यक्षतामा गठन भएको निर्णायकमण्डलले दिएका हुन् । कम्पनीले केसीलगायत बिना राणा, अम्बर बहादुर थापा, कुमार जोशी, अवेधश कुमार झा र दिपक बाबु तिवारीलाई सम्मान गरेको छ ।

सोही अवसरमा मानव संशाधनको क्षेत्रमा कार्यरत व्यक्तिबाट ५० वटा लेख संकलन गरेर प्रकाशित गएिको किताब विमोचन पनि गरिएको छ ।
कम्पनीका अनुसार सम्मेलनमा २ सय ६७ जनाको सहभागिता थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्