Skip to content
Shikhar Insurance
National Life

१२ झोलङ्गे पुल निर्माण लागि ४८ जनालाई तालिम

Hyundai
NCELL
NIMB

दैलेख । पूर्वाधार विकास कार्यालयको आयोजनामा जिल्लाका नौ गाउँपालिकाका १२ युवालाई झोलङ्गे पुल निर्माणसम्बन्धी तालिम प्रदान गरिएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाका नौ स्थानीय तहका उपभोक्ता समितिका पदाधिकारी चौबिस र मिस्त्री चौबिस गरी ४८ महिला पुरुषलाई नमूना झोलुङ्गे पुल निर्माण तालिम दिइएको कार्यालयका निमिक्त प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिए।

उनका अनुसार ग्रामीण विकास सेवा केन्द्रको साझेदारीमा प्राविधिक सहयोगी संस्था हुरन्डेक इन ज्वाइन्ट भेन्चर विथ सेवक जेभी नेपाल र टिबीयसयू हेल्भेटासको सहयोगमा उक्त कार्यालयबाट जिल्लामा १२ झोलुङ्गे पुल निर्माण हुँदै छ। आर्थिक वर्ष २०७९/८० भित्र निर्माण गरिसक्नुपर्ने झोलङ्गे पुलका लागि आठ दिने तालिम प्रदान गरिएको हो।

निर्माण हुनलागेका जिल्लाका ती पुलका लागि १२ वटै उपभोक्ता समिति गठन भइसकेको छ। सोही उपभोक्ता समितिका पदाधिकारी दुई/दुईजना तथा प्रत्येक पुल निर्माण आयोजनाका दुई/दुई मिस्त्री गरी ४८ जनालाई तालिम प्रदान गरिएको हो । ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नवीन शर्माले बताए।

उनका अनुसार दुई वर्षको अवधिमा जिल्लाका आठबिस र चामुण्डाबिन्द्रासैनी नगरपालिकाका साथै ठाटिकाँध, भैरवी, नौमुले, भगवतीमाई, डुङ्गेश्वर र गुराँस गाउँपालिका र महाबू गाउँपालिकाका विभिन्न स्थानमा गरी कूल १२ वटा झोलङ्गे पुल निर्माण हुँदैछन् ।

रासस

GBIME

प्रतिक्रिया दिनुहोस्