Skip to content
Shikhar Insurance
National Life

११ अंकले बढ्यो सेयर बजार, बिपिडब्लु लघुवित्तको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार बढेर बन्द भएको छ । पहिलो कारोबार दिन अर्थात् आइतबारदेखि उकालो लागेको सेयर बजार निरन्तर चौथो कारोबार दिन पनि बढेर बन्द भएको हो ।

बुधबार नेप्से परिसूचक ११.१७ अंक बढेर २,१६५.२४ को विन्दुमा बन्द भएको छ । त्यस्तै, ठूला कम्पनीकाे सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.३३ अंक बढेर ४१०.४६ को विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार यसदिन बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, विशाल बजार कम्पनीकाे ७.१६ प्रतिशत, यूनाइटेड अजोड इन्स्योरेन्सको ६.५५ प्रतिशत र बोर्टल्स नेपालको ६.०५ प्रतिशत सेयर मुल्य बढेको छ । बाँकी कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको एनआइबीएल समृद्धि फण्ड २ को मूल्य सबैभन्दा बढी ९.६४ प्रतिशतले घटेको छ ।

यसदिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । दिनभरीमा २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन ९.९१ अंक बढ्दा ३ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । कारोबारमा आएको ७३ कम्पनीको सेयर मूल्य बढेको छ । १३१ कम्पनीको सेयर मूल्य घटेको छ भने, १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा यूनाइटेड अजोड इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको २२३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, एनआइसी एशीया बैंकको १४ करोड ७० लाख, शिवम् सिमेन्टको १३ करोड ८८ लाख, फस्ट माइक्रोफाइनान्स लघुवित्तको ८ करोड ६७ लाख र हिमालयन इन्स्योरेनसको ८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ०.९६ प्रतिशत घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्