Skip to content
Shikhar Insurance
National Life

१०/१५ प्रतिशत घाटा खाएर भए पनि बैंकहरु घरजग्गा कारोबारबाट बाहिरिनु पर्छ: बैंकर दाहाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघका पुर्व अध्यक्ष तथा बैंकर भुवन दाहालले नेपाली बैंकिङ उद्योगले आफ्नो लगानीको ठूलो हिस्सा रियल स्टेटमा गरेकाले  अहिलेको आर्थिक सुस्तता आएको र यसबाट निस्किन बैंकहरुले १०/१५ प्रतिशत घाटा खाएर भए पनि त्यहाँ बाट निस्किनु पर्ने बताएका छन् ।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको (बैकिङ क्षेत्रको अवस्था, चुनौती र आगामी कार्यदिशा) कार्यक्रममा बोल्दै दाहालले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा दाहालले भने ‘नेपालको वर्तमान आर्थिक सुस्तता आउने प्रमुख कारण रियल स्टेटमा बैंकहरुको ठूलो लगानी हुनु हो, जसकाे कारण बैंकहरुले कर्जा असुल गर्न लिमाम गर्दा समेत लिमामी हुन सकेको छैन, घरजग्गा कारोबार ठप्प छ ।’

त्यहाँको लगानी उठ्न सकेको छैन, अब बैंकहरुले मूल्यमा १०/१५ प्रतिशत लस गरेर भएपनि कारोबार सल्टाएर निस्किनु पर्छ । नेपाली बैंकिङ क्षेत्र १०/१५ प्रतिशत लस गर्न सक्षम छ र त्यसबाट अर्थतन्त्रलाई समेत चलायमान बनाउन सकिन्छ । अब राष्ट्र बैंकले सेयरबजार र घरजग्गा लोनमा केही सोच्ने बेला आएको छ ।’

नेपाली बैंकहरु अहिले डिपोजिट र लागानी दुबै अवस्थामा सबल रहेको दाहालले बताएका छन् । अहिले देखिएको एनपीएल केही बढेपनी यो नियन्त्रण बाहिर नरहेको दाहालको मत छ ।

अहिले समाजमा रहेको अफवाहका कारण बैकिङ क्षेत्रमा केही कन्फिडेन्स लुज हुन सक्ने हुनाले त्यस्ता प्रवृत्ति रोकिनु पर्ने र पुस मसान्तको तथ्यांकको आधारमा नेपालमा कुनै पनि बैंक डुब्ने अवस्था नरहेको दाहालको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्