Skip to content
Shikhar Insurance
National Life

१० वाणिज्य बैंकको एलपीआर प्रक्रियामा थपियो आशयपत्र पेस गर्ने समयावधि

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गराउन आशयपत्र पेस गर्ने समयावधि थप गरेकाे छ। राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै आशयपत्र पेस गर्ने अवधि एक हप्ता (७ दिन) थप गरेको हो ।

अब योग्य तथा इच्छुक कम्पनी तथा संस्थाले पुस २९ गतेसम्म निवेदन पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि पुस २२ गतेसम्मका लागि समयावधि तोकेको थियो ।

राष्ट्र बैंकले कम्पनी छनोट प्रकृयामा कम्पनीको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवमा ४० प्रतिशत र क्षमतामा १० प्रतिशत अंक तोकेको छ । छनौट हुने कम्पनीले न्यूनतम ६० अंक प्राप्त गर्नु पर्नेछ ।

लेखापरीक्षण गराउने यसअघिको प्रयास असफल भएपछि राष्ट्र बैंकले फेरि लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) प्रक्रिया सुरु गरेको हो। यसअघि १० ठूला वाणिज्य बैंकको अडिट गर्न राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी कम्पनी छनोट गरेको थियो ।

सो कम्पनीले सम्झौता चरणमा धेरै रकम माग गरेको भन्दै राष्ट्र बैंकले सो कम्पनीसँगको सम्झौता नै रद्ध गरेको थियो । राष्ट्र बैंक स्रोत अनुसार १० ठूला बैंकहको अडिट गर्न करिब ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । सो परिधिमा रहेर भारतीय अडिट फर्मले काम गर्न विमति राखेपछि पहिलेको प्रकृया रद्ध गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्