Skip to content
Shikhar Insurance
National Life

१० गुणासम्म बढी पैसा पाइने ‘एनआईसी एसिया सर्वश्रेष्ठ खाता’ खोल्ने समय थपियो

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एसिया बैंकले सर्व श्रेष्ठ बचत खाता खोल्ने समय  एक महिना थप गरेको छ । बैंकले २०७९ असार  १२ देखि असार  मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित सर्वाधिक लोकप्रिय बनिरहेको छ । सोही लोकप्रियताका कारण बैंकले योजनालाई २०७९ साउन मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो ।

योजनामा निक्षेपकर्ताहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्मका मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यसमा खातामा राखिएको निक्षेप रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सकिन्छ ।

यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य सर्वश्रेष्ठ फाइदाहरू २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्र्दै आईरहेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनताले एनआईसी एसिया बैंकमा खाता खोलेका छन् । बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्