काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन् ।
आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको जानकारी दिए । उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै राप्रपाले अब मुलुकको नेतृत्व लिने समय आएको बताए ।
उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दाबी गरे । उनले नेपाली काँग्रेस— नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको जानकारी दिए ।
सरकारका प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए । काँग्रेस— नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) उनीहरुकै क्रियाकलापबाट जनताको नजरमा अलोकप्रिय भएको भन्दै जनताले अब तीन वटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताए । अध्यक्ष लिङदेनले राप्रपाले आफ्नो शक्ति चिन्न नसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्