Skip to content
Shikhar Insurance
National Life

ह्यात प्लेस अब ह्यात सेन्ट्रिक सोल्टिमोडमा रुपान्तरण

Hyundai
NCELL
NIMB

काठमाडौं । ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टिमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेका छन् ।

यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको जनाइएको छ । राजधानी काठमाडौंमा अवस्थित यस होटलले काठमाडौंको सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्ने ह्यात होटल्सले जनाएको छ ।

ह्यात सेन्ट्रिक सोल्टिमोड काठमाडौंले आधुनिक यात्रुहरूलाई राजधानी, काठमाडौंको सारलाई अनुभव गर्न स्वागत गर्ने र आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरुको जीवन्त मिश्रण प्रदान गर्ने भन्दै कम्पनीले यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काउने बताएको छ ।

नव रुपान्तरित स्थानहरु तथा विशिष्ट अनुभव

ह्यात सेन्ट्रिक सोल्टिमोड काठमाडौं होटलको प्रत्येक कुनाले काठमाडौँ शहरको कथाहरु व्यक्त गर्दछ भन्दै सिटि होटलका कार्यकारी सञ्चालक अक्षय गोल्याण भन्छन्, ‘विस्तृत पुन:निर्माण तथा नवीकरण पश्चात्, हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौं ।’

उनका अनुसार ह्यात सेन्ट्रिक सोल्टिमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ र यात्रुहरुलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।

यस होटलका विशेषताहरू:

जीवन्त लबी

लबीलाई यात्रुहरुलाई स्वगत सत्कार गर्ने, खुला सामाजिक स्पेसको रुपमा प्रस्तुत गरी खोजीको केन्द्रको रुपमा पुन:परिकल्पना गरिएको छ ।

होटलको प्रवेश द्वारलाई स्थानीय कलाबाट प्रेरित विभिन्न तत्वहरू र मूर्तिहरू राखि डिजाइन गरिएको छ। मैत्रीपूर्ण र जानकार कर्मचारीहरूले अतिथिहरूलाई सहरको खोजी तथा भ्रमणमा सहयोग पुर्‍याउन आफ्ना स्थानीय ज्ञान बाड्न सदैव तयार छन् ।

पुनर्जीवित इभेन्ट स्पेसहरु: ८,६०० वर्ग फिटभन्दा बढीको आवश्यकताअनुसार मिलाउन मिल्ने बैठक र कार्यक्रम स्थानहरू खानपान सेवा, सुविधाहरूसहित उपलब्ध छ । अत: १० देखि ६०० व्यक्ति अटाउने यी स्थानहरु बैठक, विवाह, र सिर्जनात्मक भेला जस्ता कुनै पनि कार्यक्रमका लागि उपयुक्त छन् । यी सबै स्थानहरु अतिथिहरूको आवश्यकता अनुकूल बनाउन मिल्दछ ।

सेंट्रिक लाउन्ज: सेंट्रिक लाउन्ज जीवन्त कम्युनिटि बार हो जहाँ स्थानीयहरू र अतिथिहरूले विशेषज्ञतापूर्वक तयार गरिएको कफी, सिग्नेचर ककटेल, र स्थानीय स्वादले प्रेरित परिकारहरूको साथमा रमाउन सक्दछन् ।

खानपान र पेय अनुभव:

नून: पुरा दिन संचालन हुने रेस्टुरेन्ट– जसले स्थानीय स्वादको तड्का मिसिएका विश्वभरबाट प्रेरित परिकारहरू सरलता र वास्तविकतालाई पेश गर्दछ ।

जिङ स्काई पूल बार र डेक– काठमाडौंको शानदार दृश्यहरू तथा स्थानीय र अन्तर्राष्ट्रिय प्रभावबाट प्रेरित मेनु सहितको एक आधुनिक पूलसाइड ।

आराम र रोमाञ्च दुवैको अनुभव:

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौंको १५३ कोठाहरू उपयोगिता र आकर्षणका लागि डिजाइन गरिएको छ। यस होटल अतिथिहरूलाई नि:शुल्क वाइफाइ तथा आवश्यक सबै कुरा सजिलै उपलब्ध गराउने मनसायले बनेको छ ।

अतिथिहरूलाई तथा वर्ल्ड अफ हयात सदस्यहरूलाई नेपालको पहिलो हयात सेन्ट्रिक ब्राण्डको होटलमा स्वागत गर्न पाउँदा हामी उत्साहित रहेको भन्दै सिटि होटलले हाम्रो लक्ष्य काठमाडौंको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्नु भएको बताउँदै हयात सेन्ट्रिक सोल्टिमोड काठमाडौंका महाप्रबन्धक वरुण तलवारले भने, ‘मिहिन डिजाइन देखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमान्चक यात्राको सुरुवात बिन्दु बन्न चाहन्छौं ।’

GBIME

प्रतिक्रिया दिनुहोस्