Skip to content
Shikhar Insurance
National Life

होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटकीय प्रवद्धनमा टेवा पुर्‍याउदै इसेवा

Hyundai
NCELL
NIMB

काठमाडौं । सन् २००९ मा स्थापना भएको नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले प्रदान गर्ने एउटा महत्त्वपूर्ण सेवा हो इसेवा होटल्स ।

बस, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकटदेखि केबलकार सम्मको टिकट खरिद गर्न सकिने इसेवाले यात्रुहरुको सहजतासँगै पर्यटकीय विकाशमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीले जनाएको छ । इसेवा होटल्सको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपालको ५४ं जिल्लाहरुका प्रमुख शहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिंगको लागि एकदम लोकप्रिय बन्दै गएको छ ।

कम्पनीले भन्यो, ‘सहरी क्षेत्रमा रहेका तारे होटलहरुदेखि लिएर ग्रामिण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिव ३५०० भन्दा बढी होटलहरु रहेका छन् जुन प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् ।’

ग्राहकहरुको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकता अनुसार बुकिंग रद्द गर्न सकिने समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरुलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रुपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस् सँग विभिन्न सहकार्य गर्दै आइरहेको छ । कम्पनीका अनुसार यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरुलाई प्राविधिक सहयोगका साथै व्यावसाय संचालनमा पनि थप उत्साह प्रदान गरेको छ ।

युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस् को सहयोगमा इसेवा होटल्सले ग्रामिण भेगमा रहेका होटल तथा होमस्टेहरु मार्फत दिगो पर्यटनको विकाश हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढुवा दिदै आइरहेको छ र आगमि दिनहरुमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यावसायलाई थप प्रोत्साहन गर्ने कम्पनीले विश्वास लिएको छ ।

इसेवा होटल्सको माध्यमबाट इसेवाले प्रयोगकर्ताहरुको सहजता र पर्यटकीय विकाशको साथसाथै साना तथा मझौला होटल व्यावसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउदै आइरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्