Skip to content
Shikhar Insurance
National Life

हुलाकी सडक निर्माणमा ढिलाइ, धुलोले स्थानीय पीडित

Hyundai
NCELL
NIMB

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका‐१४ नारायण चोकदेखि त्रिवेणीेसम्मको हुुलाकी सडक निर्माण ढिलाइ हुँदा स्थानीय धुुलोले पीडित भएका छन् । नारायण चोकदेखि त्रिवेणीसम्मको हुुलाकी सडकको काम बज्र गुरु र महालक्ष्मी जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

वि.सं २०७९ मा सम्पन्न गर्ने गरी वि.सं २०७३ मङ्सिर १ मा सम्झौता भएको थियो । हुुलाकी राजमार्ग निर्देशनालयको कार्यालय कपिलवस्तुका इन्जिनियर आचार्यका अनुसार गतवर्ष कोभिडका कारण र निर्माण सामग्री नपाउँदा काम हुन सकेन । समयमा काम गर्न नसकेपछि दुई पटक म्याद थप भइसकेको छ । तेस्रो पटक म्याद थपका लागि निर्माण व्यवसायी लक्षमन रानाले निवेदन दिए । ठेक्का लागेको सात वर्ष बित्दा समेत कामले गति लिन नसकेको हो । सडकको काम पूरा नहुँदा यात्रु मात्रै नभइ वरपरका बासिन्दालाई पनि समस्या हुने गरेको इन्जिनियर आचार्यले बताए ।

५६ करोडमा १५ किलोमिटर सडक कालोपत्र गर्ने गरी निर्माण व्यवसायीले ठेक्का लिएको थियो । निर्माण कम्पनीले म्यादभित्र काम पूरा नगरेपछि कानुुन बमोजिम कारबाही गर्ने तयारी गरिएको इन्जिनियर आचार्यले बताए । उनले भने ‘निर्माण व्यवसायीका प्रतिनिधि लक्षमन राना फोन सम्पर्कमै आउनुभएको छैन, हामीले ताकेता गरिरहेका छौं ।’

सडक समयमा नबन्दा सडकको धुलोले सडक आसपासमा व्यापार गर्नै गाह्रो भएको प्रतापपुर‐२ गोपीगञ्जका केशव चापागाइँले बताए । उनका अनुसार घरवरिपरि धुलै धुलो हुने, बिहान सफा गरेको घर बेलुका हेर्नै नसकिने गरी धुलोले ढाक्ने गरेको छ । लामो समयदेखि हुलाकी सडक भत्काएर निर्माण व्यवसायीले छाडेका कारण धुलोले स्थानीयको स्वास्थ्यमा असर परेको बर्दघाट नगरपालिकाका उपाध्यक्ष रुद्र प्रकाश उपाध्यायले बताए ।

सडकको धुलोबाट स्वास प्रश्वास, एलर्जी ,टिबी, क्यान्सर, आँखा, चिलाउने, खोकी लाग्ने जस्ता रोग लाग्न सक्ने खतरा भएको पृथ्वीचन्द्र अस्पतालका निमित्त प्रमुख डा किरण पाण्डेले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्