Skip to content
Shikhar Insurance
National Life

हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यन्न

Hyundai
NCELL
NIMB

सिमकोट । काठमाडौंबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यन्न हिल्सा आइपुगेको छ । खाद्यन्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्गहुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यन्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको लिमिटेड सिमकोट शाखाले जनाएको छ । तीन दिन अगाडि खाद्यन्न लोड भएका चालिस गाडी काठमाडौंबाट छुटेका थिए ।

खाद्यन्नको समस्या भएको बेला लिमिटेडले चार हजार क्विन्टल खाद्यन्न पैदल मार्गबाट पठाएको हो । जिल्लामा खाद्यन्न समस्या देखिएका बेला केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सादेखि सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यन्न हिल्सा आइपुग्ने लिमिटेड शाखाका प्रमुख कृष्ण अधिकारीले बताए।

खाद्यन्न अब सिमकोट ढुवानी गर्ने तयारी भइरहेको उनले बताए। उक्त खाद्यन्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र तीन हजार क्विन्टल सिमकोट शाखाका लागि ढुवानी हुनेछ । ती खाद्यन्न अघिल्लो आर्थिक वर्षको हो । खाद्यन्न सिमकोट पुगेलगत्तै सर्वसाधारणलाई बिक्री वितरण गरिने छ । तिब्बती मार्ग हुँदै आउने खाद्यन्न हवाई मार्गको खाद्यन्नभन्दा ढुवानीदर सस्तो पर्नेछ ।

काठमाडौंं, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुगेको खाद्यन्न प्रतिक्वीन्टल सात हजार पाँच सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यन्न ४ हजार आठ सय ढुवानी लाग्नेछ । जब कि नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यन्नको भाडा प्रतिक्वीन्टल सोह्र हजार लाग्ने गर्छ भने सुर्खेतबाट प्रतिक्वीन्टल १५ हजार पाँच सय लिमिटेडले तिर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्