Skip to content
Shikhar Insurance
National Life

हिमालयन हाइवेको सांगीतिक कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’ को तयारी पुरा

Hyundai
NCELL
NIMB

काठमाण्डौं । नेपाली तथा अमेरिकन लोक संगीतको क्षेत्रमा क्रियाशिल उदयमान कलाकारहरुको सांगीतिक ब्याण्ड ‘हिमालयन हाइवे’ ले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम ‘द काठमाण्डु ब्लुग्रास फेस्ट’को तयारी पुरा भएको छ ।

यही आउदो मंसिर २१ गते अर्थात डिसेम्बर ७ तारिख बिहिवार साँझ काठमाण्डौंको झम्सिखेल स्थित ‘मोक्ष’मा हुन गइरहेको उक्त कार्यक्रमको तयारी पूरा भएको कुरा आयोजकले जनाएको हो । कार्यक्रम आयोजक ‘हिमालयन हाइवे’ ब्याण्डकी सदस्य अमेरिकाको बोस्टन सहर निवासी जोइ लेभिटले कार्यक्रमको उक्त जानकारी दिएकी हुन् ।

लेभिटका अनुसार सांगीतिक कार्यक्रमका लागि अमेरिकाबाट ९ जनाको टोली नेपाल आइपुगिसकेको छ भने, कार्यक्रममा सहभागिताका लागि १ हजार नेपाली रुपैयाँ पर्ने प्रेवश टिकट बिक्रीका लागि खुला गरिसकिएको छ । उक्त कार्यक्रमका कारण आफू र आफ्नो टिम निकै उत्साहित भइरहेको उनले बताइन्।

उक्त कार्यक्रम सफल बनाउन आयोजक र कलाकारहरुले निकै मेहनत गरिरहेको जानकारी दिदै लेभिटले कार्यक्रममा संगीत प्रेमीहरुको उल्लेखनीय साथ, सहयोग र सहभागिता रहने र कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनेमा आफूहरु विश्वस्त रहेको बताइन् ।

आयोजकका अनुसार उक्त कार्यक्रममा द ब्लुग्रास जर्नीमेन (अमेरिका), द ग्र्यासी स्ट्रिङ्स (इन्डिया), द केटिएम ब्लुग्रास युनिट (अमेरिका) र हिमालय हाइवे (नेपाल/अमेरिका)मा आवद्ध रहेर सांगीतिक यात्रा गरिरहेका उदयमान कलाकारहरुले आफ्नो प्रस्तुति दिदैछन्। कलाकारहरुले पुराना नेपाली तथा अमेरिकन लोक गीत तथा संगीतहरुलाई संयोजन गर्दै परिवर्तित समयमा युवा पुस्ताहरुको चाहना अनुसार परिस्कृत गरेर सृजना गरिएका नयाँ गीत तथा संगीतहरु कार्यक्रममा पस्किने तयारी गरिरहेका छन् ।

‘हिमालयन हाइवे’ गीत संगीतको माध्यमबाट नेपाल र अमेरिका, नेपाली र अमेरिकनहरुका बिच सुमधुर सम्बन्ध स्थापित गर्ने, नेपाली लोक संगीत र अमेरिकन लोक संगीतलाई संयोजन गरेर परिस्कृत संगीतको सृजना गर्ने, नेपाली तथा अमेरिकन गीग संगीतको संरक्षण, सम्वर्धन र प्रवर्धनमा सक्दो भूमिका निभाउने र संगीत प्रेमीहरुलाई मनोरञ्जन दिलाउने मुख्य उद्देश्यहरु राखेर जन्मिएको सांगीतिक व्याण्ड हो ।

जो यतिबेला नेपाली लोक बाद्यबादन र अमेरिकन बाद्यबादनहरुका धुनहरुलाई संयोजन गरेर परिस्कृत पृथक सांगीतिक स्वाद पस्किने फयुजन ब्याण्डका रुपमा आफूलाई स्थापित गराउन क्रियाशिल भइरहेको छ । जुन व्याण्डमा अमेरिकाको ऐतिहासिक सहर बोस्टन स्थित ब्लुग्रासमा आबद्ध मान्डोलिन वादक जोइ लेभिट, नेपालका सारङ्गी वादक प्रिन्स नेपाली, गितार वादक अनिष तामाङ र युसन महर्जन आबद्ध रहेका छन् ।

हिमालयन हाइवेले चर्चित सारङ्गी वादक श्याम नेपाली, तबला वादक प्रमोद उपाध्याय, गीतार वादक एलेक्स फर्मेन्टोलगायत कलाकारहरुको साथमा अमेरिकाको विभिन्न सहरहरुमा कार्यक्रमहरु गरिसकेको छ भने, नेपालमा पनि आफ्नो लाइभ सांगीतिक कार्यक्रम गर्ने अभियानलाई तिब्रता दिइरहेको छ ।

यसैक्रममा, गत नोभेम्बर महिनामा किर्तिपुर स्थित उमा महेश्वर मन्दिरको प्राङ्गणमा ब्लुग्रास र अन्य नेपाली कलाकारहरुसंग मिलेर खुला सांगीतिक कार्यक्रम गरेको थियो भने, नेपालको पश्चिम क्षेत्रमा हालसालै गएको भूकम्पमा परेकाहरुलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले कुटुम्बसंगको सहकार्यमा पाटन म्युजियममा सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो। निकट भविश्यमै सांगीतिक कार्यक्रम लिएर विश्व भ्रमणमा निस्कने तयारीमा रहेको व्याण्डले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्