Skip to content
Shikhar Insurance
National Life

हिमालयन र एभरेष्टको एमओयुबाट उत्साहित छौंः अध्यक्ष सिलवाल

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीचको मर्जर समझदारीबाट आफु उत्साहित भएको बताएका छन् । नेपालको बीमा इतिहासमा पहिलो पटक दुई बीमा कम्पनीहरुबीच मर्जरमा जाने समझदारीमा हस्ताक्षर भएपछि सिंहदबारसँग कुरा गर्दै अध्यक्ष सिलवालले भने–‘मर्जरको समझदारीबाट हामी उत्साहित भएका छौं, अन्य कम्पनीहरुलाई पनि मर्जरमा जान यसले प्रेरित गर्नेछ ।’

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको संख्या घटाउँदै बलियो, सबल तथा लगानीकर्ताहरुलाई उचित प्रतिफल दिन सक्ने बीमा कम्पनीहरुको निर्माणका लागि नै आफुहरुको ध्यान केन्द्रित भएको बताए । ‘हामीले बलिया, बीमितको पुरै सुरक्षा गर्न सक्ने र लगानीकर्तालाई उचित प्रतिफल दिन सक्ने बीमा कम्पनीहरु बनाउन खोजेका हौं, पुँजी वृद्धिको योजना पनि त्यसकै लागि अघि सारेका हौं, अब त्यो बाटोमा नयाँ कोशेढुंगा थपिएको छ’, अध्यक्ष सिलवालले भने ।

उनले बार्षिक पाँच सात प्रतिशत प्रतिफल दिन पनि मुस्किल पर्ने कम्पनीहरुले लगानीकर्ता र बीमित दुबैमाथि न्याय गर्न नसक्ने पनि स्पष्ट पारे । अध्यक्ष सिलवालले हकप्रद सेयरमात्रै जारी गरेर पुँजी पुर्याउने सपना नदेख्न पनि कम्पनीका सञ्चालकहरुलाई अनुरोध गरे । आफुले पुँजी वृद्धि योजनाका बारेमा कम्पनीका सञ्चालकहरुसँग निरन्तर छलफल गरिरहेको र मर्जरमा जान अधिकांश कम्पनीका सञ्चालकहरु तयार रहेको पनि उनले बताए । ‘हामीले कम्पनी र सञ्चालकहरुसँग निरन्तर छलफल गरिरहेका छौं, उहाँहरु मर्जरका लागि तयार नै हुनुहुन्छ, हामीले पनि प्रोत्साहन गरिरहेका छौं’, सिलवालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्