Skip to content
Shikhar Insurance
National Life

हिमालयन रिले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने, ८ अर्ब ३२ करोड पुँजी थपिने

Hyundai
NCELL
NIMB

काठमाडौं । मिहालयन रिइन्स्यारेन्य कम्पनीले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको माघ २६ गते बसेको बैठकले ४ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरि तेश्रो बार्षिक साधारण सभा आव्हान गरेको हो ।

फागुन २० गते तेश्रो साधारण सभा डाकेको कम्पनीले सोही सभाबाट ४ प्रतिशत बोनस सेयर पारित गर्ने र सो बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित कुल ४ प्रतिशतले हुने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतले हुने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ ।

फागुन २० को साधारण सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको ८० प्रतिशतले हुन आउने ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पास गर्नेछ ।

कम्पनीले फागुन ७ गतेका लागि बुक क्लोजको मिति तोकेको छ । सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गर्नेछ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुवै पुनर्बीमा कम्पनीलाई २०८१ साल माघ ३० भित्र चुक्ता पूँजी रु. २० अर्ब पु¥याउन निर्देशन दिएकाले कम्पनीले बोनस शेयर पछि हुने चुक्ता पूँजी रु. १० अर्ब ४० करोडको १०ः८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत कम्पनीको तेश्रो वार्षिक साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्न लागेको हो ।

कम्पनीको पुनर्बीमा शुल्क आम्दानी आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा ५३५ प्रतिशतले वृद्धि भई रु. ५४६ करोड पुगेको छ भने कम्पनीको खूद नाफा आ.व. २०७८/७९ को तुलनामा आ.व. २०७९/८० मा १२२ प्रतिशतले वृद्धि भई रु. ६५ करोड पुगेको छ ।

कम्पनीले हालैमात्र भारतबाट पुनर्बीमा व्यवसाय भित्र्याउन भारतको बीमा सम्बन्धी नियामकीय निकायबाट स्वीकृति पाएको थियो भने विश्वविख्यात रेटिङ्ग एजेन्सी एएम बेष्टल कम्पनीको रेटिङ्ग बी बाट बढाएर बी प्लस मा स्तरोन्नती गरिदिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्