Skip to content
Shikhar Insurance
National Life

हिमालयन रिलाई भारतमा रिइन्स्योरेन्स गर्ने बाटो खुल्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रिन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न बाटो खुलेको छ । निजी क्षेत्रबाट स्थापित नेपालको पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई भारतको बीमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको निवेदन उपर आईआरडीएआईले १६ जनवरी २०२४ मा स्वीकृत प्रदान गरेको हो । स्थापनाको छोटो समयमा नै ३१ वटा देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवी बनाउन सफल भएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै यस छवीलाई थप उचाइमा पुर्याउने विश्वास कम्पनीको रहेको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडले केही समय अघि मात्रै सर्वसाधारणमा सार्वजनिक शेयर निष्काशन प्रकृया पुरा गरी धितोपत्रको दोश्रो बजारमा कारोवार भइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्