Skip to content
Shikhar Insurance
National Life

हिमालयन बैंकमा हबिबको सेयर खरिद-बिक्रिमा नयाँ ट्वीस्टः युरोपियन बैंकको इन्ट्री

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानी बैंकको सेयर बिक्रीमा नयाँ समुह प्रवेश गरेको छ । बैंकलाई व्यवसाय गर्न नै कठिन हुन थालेपछि नयाँ ग्राहक खोज्न सुरु भएको हो । सेयर बिक्रीका लागि नयाँ पार्टीसँग छलफल गर्न हिमालयन बैंकका कार्यकारी अधिकृत (सिइओ) अशोक राणा सिंगापुर पुगेका छन् । सिंगापुरमा सिइओ राणाले युरोपेली कम्पनीलाई सेयर बिक्रीको प्रस्ताव गरेका हुन् ।

हिमालयन बैंकमा रहेको हबिबको सेयर एउटा युरोपियन वित्तिय संस्थाले खरिद गर्न लागेको तथ्य बाहिरिएको हो । हिमालयन बैंकका सीईओ अशोक राणाले सिंगापुरमा हबिबको सेयर युरोपियन बैंकले किन्ने गरि प्रारम्भिक छलफल गराएका हुन् । सो छलफलको चाँजोपाँचो भने चिनियाँ डिजिटल पेमेन्ट कम्पनी ‘अलिपे’ले गरेको स्रोतले बतायो । छलफलमा नेपालबाट हिमालयन बैंकका सीईओ अशोक राणा, हबिबका प्रतिनिधी, अलिपेका प्रतिनिधी र युरोपियन वित्तिय संस्थाका प्रतिनिधीको सहभागीता रहेको स्रोतले बतायो ।

तर हिमालयन बैंकका सीईओ राणाले भने हबिबको सेयर युरोपियन बैंकले किन्नेबारे आफूलाई थाहा नभएको बताए । हिमालयन बैंकमा रहेको हबिब बैंकको सेयर एक युरोपियन बैंकले किन्ने प्रारम्भिक समझदारी तपाईको सहभागीतामा भएको हो ?  भन्ने सिंहदरबारको प्रश्नमा सीईओ राणाले भने–‘म अहिले विदेशमा छु, आज बेलुकी(असार ३० गते आइतबार) नेपाल फर्कँदैछु, मलाई त्यस्तो कुरा थाहा छैन् ।’

हिमालयन बैंक उच्च स्रोतले भन्यो, ‘सेयर खरिद बिक्री सम्बन्धि सिइओ राणा नेपाल आउनु हुन्छ यसपछि मात्रै थप विषयमा बोल्न सकिन्छ ।’ हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको १२.९३ प्रतिशत सेयर स्वामित्व छ । हबिब नै हिमालयन बैंकको सबै भन्दा धेरै सेयर होल्ड गर्ने लगानीकर्ता हो । हबिबले आफ्नो सेयर बेचेर बाहिरिन खोजेको लामो समय भैसकेको छ ।

यसबिचमा हिमालयन रि- इन्स्योरेन्सले हिमालयन बैंकमा रहेको हबिबको सेयर किन्नका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिएको थियो । तर बैंक तथा वित्तिय संस्थाको संस्थापक सेयर खरिद बिक्रिको प्रक्रिया पुरा नगरेको भन्दै राष्ट्र बैंकले हिमालयन-रि लाई हबिबको सेयर किन्ने स्वीकृति दिईरहेको छैन् ।

हिमालयन बैंकमा पाकिस्तानी बैंकको लगानी हटाउन भारतको चर्को दबाब छ । नेपाली बैंकमा पाकिस्तानी बैंकको लगानी भारतले रुचाएको छैन । भारतले हिमालयन बैंकमा पाकिस्तानी बैंकको लगानीका कारण हिमालयन बैंकबाट जाने लेट अफ क्रेडिट (एलसी) समेत अस्वीकार गर्ने गरेको छ । यतिमात्रै होइन हिमालय बैंकबाट हाइड्रोपावरका संचालकहरुले समेत ऋण लिन मानिरहेका छैनन् ।

चिनियाँ लगानी भएको जलविद्युत आयोजनाको विद्युत भारतले खरिद गर्न अस्वीकार गरिरहेको अवस्थामा पाकिस्तानी बैंकको लगानी रहेको बैंकबाट ऋण लिदाँ भारतले स्वीकार नगर्ने अनुमान संचलकहरुमा छन् ।

हिमालयन बैंकमा हबिब बैंक पाकिस्तानको १२.९३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १२.६२ प्रतिशत, एन ट्रेडिङ कम्पनीको ८.२६ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६ प्रतिशत, अभा इन्टरनेशनलको ७.४६ प्रतिशत, छायाँ इन्टरनेशनलको ५.७८ प्रतिशत, प्रदिपजंग पाण्डेको १.०९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

हिमालयन बैंकका केहि सञ्चालकहरुले पनि हबिबको सेयर हिमालयन रिले किन्न खोजेको र राष्ट्र बैंकले अनुमति नदिएको भन्दा थप जानकारी आफूहरुसँग नरहेको बताए । ‘हिमालयन रिले हबिबको सेयर किन्न खोजेको थियो, राष्ट्र बैंकले स्वीकृति दिएको छैन्, त्यो भन्दा पछिको जानकारी चाँही छैन् ।’ बैंकका एक सञ्चालकले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्