Skip to content
Shikhar Insurance
National Life

हिमालयन बैंकद्वारा भद्रकाली पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालन

Hyundai
NCELL
NIMB

काठमाडाैं । हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा  बुधबारदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ।

बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनबीच भएको सम्झौताअनुसार पेट्रोल स्टेसनमा आउने सबै ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको हो।

रिपुमर्दिनी पेट्रोल स्टेसनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरूले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपालपे क्युआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्डमार्फत पिओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्ने छन्।

त्यस्तै भुक्तानी प्राप्त भएपछि नै भ्वाइस मेसिन तथा एसएमएसमार्फत क्रेता तथा बिक्रेताले भुक्तानीसम्बन्धी जानकारी प्राप्त गर्नेछन्।

बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोहबीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टर संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

GBIME

प्रतिक्रिया दिनुहोस्