Skip to content
Shikhar Insurance
National Life

हिमालयन डिस्टिलरीले लगानीकर्ताहरुलाई बम्पर ७० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन डिष्टिलरीले कम्पनीले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्नका लागि कुल ७० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते बुधबार २२औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि (कर सहित) १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने, लेखारीक्षक नियुक्त गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थका लागि कम्पनीले पुस २० गते बुकक्लोज गर्ने भएको छ। सोहि अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागि हुन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्