काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको आव २०८०/०८१ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको २४ औँ वार्षिक साधारण सभा पुष २८ गते हुने पर्सा, विरगन्ज महानगरपालिका वडा नंं. २१, लिपनिविर्तास्थित कम्पनीको रजिष्टेड कार्यालयमा हुने भएको छ ।
साधारण सभा प्रयोजनार्थ पुष १९ गते एकदिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा पुष १८ गतेसम्म कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्