Skip to content
Shikhar Insurance
National Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सकाे २९ औं वार्षिक साधारण सभा सम्पन्न (फाेटाे फिचर)

Hyundai
NCELL
NIMB

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो २९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज राजधानीमा सम्पन्न गरेको याे  सभा मर्जरपछिको भने पहिलो साधारण सभा हाे ।

नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिकाे ब्यवस्था गरेसँगै बीमा कम्पनीहरुले मर्जरको बाटो समाएका थिए । उक्त मर्जरपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने कम्पनीलाई अझै पनि थप २० करोड रुपैयाँ थप गरी पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुयाउँनु पर्ने चुनौती छ ।

गएको साउन १ गतेदेखि आफ्नो एकिृत कारोबार सुरु गरेको उक्त कम्पनीले निर्विरोध रुपमा संचालक समितिको चयन गरेको छ भने सर्व साधारण सेयरधनीको तर्फबाट अजय रत्न स्थापित र हेम राज थापालाई संचालकमा छनोछ गरिएको छ । त्यस्तै, संस्थापक सेयरधनीमा महेन्द्र कृष्ण श्रेष्ठ, विजित कृष्ण श्रेष्ठ र भारती पाण्डे चयन भएका छन् ।

साधारण सभामा दिइएको जानकारी अनुसचार गत आर्थिक वर्षको मुनाफाबाट सेयर लगानीकर्तालाई चुक्ता पुँजीको २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै, साधारण सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन, सोही आवको अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

त्यस्तै, चालु आव २०७०।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने तीन जना र सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सेयरधनीहरु निर्वाचित गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्