Skip to content
Shikhar Insurance
National Life

‘हाम्रा पोलिसीहरु ठिक प्रमाणित भैरहेका छन्, मौद्रिक नीतिले व्यक्ति बिशेषलाई हेर्दैन’

Hyundai
NCELL
NIMB

आगामी आर्थिक् वर्षको मौद्रिक नीतिको तयारीका लागि सरोकारवाला निकायहरुसँग छलफलमा छौं । अहिले हाम्रो अर्थतन्त्रमा सेभिङमा कमजोर हुँदै जाने, खर्चहरु बढ्दै जाने अवस्था छ । व्यक्तिगत र समाजको खर्च गर्ने आनीबानीको सवालमा पनि सकारात्मक बदलाव आएको छैन् । त्यसले आयातमूखि अर्थतन्त्र बनाएको छ ।

त्यसको असर स्वरुप हामीलाई बाह्य क्षेत्रमा निकै ठूलो दबाव बढिरहेको छ । आयात निरन्तर बढेको अवस्था छ, निर्यातले नधानेको अवस्था छ । रेमिटेन्स बढेको भए पनि आयातले नधानेको अवस्था छ । यो वर्ष देशबाट करिब करिब ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको छ । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने हुन्छ । त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने भैरहेको छ, जसले बैंकिङ प्रणालीमा तरलताको समस्या भयो । राष्ट्र बैंकले त्यस्तो सबै पैसा यहिँ राख्ने कुरा हुन्न, बाहिर लगानी पनि गरिरहेको हुन्छ ।

बैंक तथा वित्तिय संस्थाहरु अलिकति ‘टाइट’ हुँदै गएपछि मार्केटको सिद्धान्त अर्थात माग र आपूर्तिको सिद्धान्त अनुसार नै अघि बढ्ने हो । बेसरेट पनि अझै प्रि कोभिडको लेभलमा पुगेको छैन्, कर्जाको एभरेज रेट पनि प्रि कोभिडको अवस्थामा पुगेको छैन् । तर संकेतहरु भने बेस रेट र कर्जाको रेट अझै यो भन्दा पनि माथि जाने खालको देखिईदैछ । त्यसकारण अब सबैले केहि सहनुपर्ने समय आएको छ ।

बजारले देखाईरहेको छ की अब हामी सबैले मिलेर अर्थतन्त्रलाई ट्रयाकमा राख्नुपर्नेछ । सर्प पनि मरोस, लठ्ठी पनि नभाँचियोस भन्ने लाइनबाट हामी अघि जानुपर्नेछ ।

हामी मौद्रिक नीतिको तयारीमा छौं । नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा हो । हामीले गत वर्ष ल्याएको मौद्रिक नीतिको पोलिसी ठिक थियो भन्ने अहिले प्रमाणित भैरहेको छ । यहाँ मानिसहरु रिसोर्सलाई नहेरी माग गरिरहेका छन् । केहि व्यक्तिलाई हेरेर कारवाही नगरि उल्टै नीति बदल्ने काम भयो भन्ने पनि छ । हामी कति माइक्रो लेभलसम्म जाने भन्नेबारे पनि हेरिरहेका छौं ।

राष्ट्र बैंकले ल्याउने हरेक पोलिसीलाई ब्रोड लेभलमा हेरेर अघि सारेका हुन्छ । व्यक्ति व्यक्तिको पछि लागेर सम्भव पनि हुन्न । भोली मार्केटलाई पनि एक किसिममा सहजता मिलोस् र समग्र अर्थतन्त्रलाई पनि सहित ट्रयाकमा राख्न सकियोस् । पुरै प्रणालीलाई स्थायीत्व दिन सकियोस, त्यस्तो मौद्रिक नीतिका लागि राष्ट्र बैंकले तयारी गरिरहेको छ । (नेपाल राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलका क्रममा गभर्नर अधिकारीले व्यक्त गरेको विचारको सम्पादित अंश)

 

GBIME

प्रतिक्रिया दिनुहोस्