Skip to content
Shikhar Insurance
National Life

हाथवे इन्भेष्मेन्टकाे कात्तिक २५ गते साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार १६औं साधारण सभा कात्तिक २५ गते आम्रपाली ब्याङ्केट, काठमाडौंमा बिहान १० बजे आव्हान गरेके हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ। जसअनुसार कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता हुन अर्थात लाभांश प्राप्त गर्न सक्ने एक सूचनामार्फत कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्