Skip to content
Shikhar Insurance
National Life

हवाइ इन्धनको मूल्य घटाउन पर्यटन मन्त्रीको ताकेता

Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सरोकारवालासँग छलफल गरेका छन् । मन्त्री ढकालले इन्धन तथा उड्डयन सम्बद्ध अधिकारीहरुसँग छलफल गरी समायोजनका लागि निर्देशन दिएका हुन् ।

मन्त्री ढकालले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलसमेतको टोलीलाई भेटी हवाई इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिए ।

मन्त्री ढकालले पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेल लगायतसँग छलफल गरेर हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्