Skip to content
Shikhar Insurance
National Life

हल्ला पछाडि नलागी सेयरमा लगानी गर्नुस्, हामी सहयोग गर्छौं : गभर्नर

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारप्रति आफू र राष्ट्र बैंकको धारणा नकारात्मक नभएको प्रष्ट्याएका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा जवाफ दिँदै गभर्नर अधिकारिले हल्ला पछाडि नलागी तथा कम्पनी विश्लेषण गरेरमात्र सेयरमा लगानी गर्न आह्वान गरेका हुन् ।

जवाफमा गभर्नर अधिकारीले सेयर बजारप्रति आफूहरू नकारात्मक नभएको बताए । “सेयर बजारलाई हामीले त्यति नराम्रो पनि भनेका छैनौं,” उनले भने, “सेयर बजार अर्थतन्त्र विस्तार र राजस्वमा बराबरी योगदान दिन्छ ।”

लगानीकर्ताले पनि थोरै बढ्दा उत्साहित हुने थोरै घट्दा पनि सिद्धिहालयो भनेर बुझ्न नहुने गभर्नरको भनाइ छ । “बढ्दा मात्तिने, घट्दा आत्तिने नगर्नुस्,” गभर्नरले भने, “राम्रो विश्लेषण गरेर विवेकपूर्ण लगानी गर्नुस् । सिस्टममा बसेर लगानी गर्नुस् हामी पनि सिस्टमा बसेर नीति निर्माण गर्ने हो ।” अधिकारीले केही समन्वय गर्नुपर्ने सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

यसअघि सांसद पार्वती डीसी चौधरीले गभर्नर र अर्थ सचिव मधु मरासिनीलाई सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्नुको कारण अर्थ सोधेकी थिइन् । “४५ लाख लगानीकर्ता डीम्याट खाता खोलेर लगानी गरिरहेका छन्,” उनले भनिन्, “कोही कोही लगानीकर्ताको रोजीरोटीको माध्यम नै सेयर बजार हो ।” मन्त्री, सचिब गभर्नरलगायतले सेयर बजारलाई निरूत्साहित पार्ने अभिव्यक्ति दिँदा, नियामकले  सेयर बजार विरूद्धको नीति ल्याइदिँदा सेयर लगानीकर्ताको रोजिरोटी गुमिरहेको आरोप उनको छ ।

“तपाईंहरुले यो विचार किन नगर्नु भएको हो ?” सांसद डीसीको प्रश्न छ ।

अन्तर्राष्ट्रिय परिदृष्य हेर्दा पनि सेयर बजारलाई प्रोत्साहन गरिने आफूले पाएको बताउँदै उनले भनिन्, “संसारभर सेयर बजारप्रति सरकार, नियामक सबै सकारात्मक हुन्छन् । नेपालमा पनि सेयर बजार राजस्वको ठूलो स्रोत हो । तपाईंहरूले सकारात्मक नभएर किन अनुत्पादक भन्नु हुन्छ ?”

GBIME

प्रतिक्रिया दिनुहोस्