Skip to content
Shikhar Insurance
National Life

स्वावलम्बन लघुवित्तले २१.०५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँको १५ प्रतिशतका दरले हुने १६ करोड ८३ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर र ६.०५ प्रतिशतका दरले हुने ६ करोड ७९ लाख २० हजार ८१६ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २१.०५ प्रतिशतले हुने २३ करोड ६२ लाख ४६ हजार ३१६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्