Skip to content
Shikhar Insurance
National Life

स्वावलम्बन लघुवित्तद्वारा लगानीकर्ताहरुलाई कुल १३.०१ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने कुल १३.०१ प्रतिशत लाभांश घोषणा गरेको हो।

असोज ३० गते, मंगलबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो

लघुवित्तले हाल कायम चुक्ता पूँजी एक अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय रुपैयाँको १३.०१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १२.३५९९ प्रतिशतका दरले हुने १५ करोड ९५ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर रहेको छ भने ०.६५०५ प्रतिशतका दरले हुने ८३ लाख ९४ हजार ९ ७४ रुपैयाँ बराबरको (कर प्रयोजनार्थसहित) नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारि गरेपश्चात सो लाभांश सेयरधनहिरुलाई वितरण गरिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्