Skip to content
Shikhar Insurance
National Life

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीहरुलेमात्रै लाभांश र सभामा भाग लिन पाउँनेछन् ।

लघुवित्तले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको १४‍.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पातिर गर्न साधारण सभा बोलाएको हो ।

संस्थाको असोज ३० गते बसेको सञ्चालक समिति बैठकले कात्तिक ३० गते नक्सालस्थित लिसरा रिसेप्सनमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो । बोनस सेयर जारीपछि चुक्तापुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने संस्थाले जनाएको छ । बोनस सेयर वितरणपछि चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले अन्य उपयुक्त एक वा सोभन्दा बढी लघुवित्त संस्थासँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्ने संस्थाले जानकारी दिएको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्