Skip to content
Shikhar Insurance
National Life

स्वार्थ बाझिनेगरी पोखरा विश्वविद्यालय उपकुलपतिको दौडमा प्रा.डा. बेदराज केसी, शक्ति केन्द्र धाउँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वार्थको द्धन्द देखिनेगरी पोखरा विश्व विद्यालय उपकुलपति बन्न प्रा.डा. बेदराज केसी लबिङमा उत्रिएका छन् । प्रमुख सत्ताधारी दल नेकपा एमालेका नेताहरुलाई रिझाउँदै प्राडा केसी उपकुलपति बन्न लागि परेका हुन् ।

पोखरा विश्वविद्यालयको उपकुलपति छनोटका लागि छनौट समितिले २०८१ कात्तिक २७ गते सूचना प्रकाशित गरेको थियो । सो सूचनामा १२ जनाले आवेदन दिएका छन् ।  जसमा प्रा. डा. वेदराज के.सी.
नेपालगंज -१०, बाँके , प्रा.डा. दिपक बहादुर भण्डारी  चिति – १, लम्जुङ, प्रा.डा. ज्ञानेश्वर शर्मा, प्रा.डा. विश्वराज अधिकारी, प्रा.डा. केदारनाथ घिमिरे, प्रा. डा. पुष्पराज शर्मा, प्रा.डा. सरोज कोइराला, प्रा.डा. निर्मला जम्मरकट्टेल
डा. बिनय मिश्र, प्रा.डा. विष्णु राज तिवारी, प्राडा विनय कुमार मिश्र, प्रा. डा. टेकराज ज्ञवाली र प्रा. डा. दिपक राज पौडेल रहेका छन् । यी आवेदकहरुबाट यसै हप्ता तीन जनाको नाम छनौट हुनेछ ।

आवेदन दिएका मध्ये प्राडा केसीले समेत सहभागिता जनाएका छन् । एमाले निकट मानिएका केसी २ कलेजका संचालक समेत हुन् । प्राडा केसी पोखरा विश्वविद्यालयबाटै सम्बन्धन प्राप्त कलेज, कलेज अफ इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट र अल्पाइन मेनेजमेन्ट कलेज प्रा. लि. का मालिक हुन् ।

प्राडा केसीले पोखरा विश्वविद्यालयको उपकुलपति बन्नको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्य भट्टराईलाई दबाव दिइरहेका छन् । प्राडा केसी हाल उनि प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष पनि हुन् ।

स्रोतका अनुसार संगठनको अध्यक्ष भएकाले प्राडा केसीले एमालेका नेताहरुलाई उपकुलपति बनाइदिन शक्ति प्रयोग गरिरहेका छन् । स्रोतले सिंहदरबारसँग भन्यो, “प्राडा केसी पोखरा विश्व विद्यालयको उपकुलपति बन्न नहुने भन्ने होइन, तर सोहि विश्व विद्यालयबाट अनुमति लिएर कजेलको व्यापार गर्ने सोहि विस्व विद्यालयको उपकुलपति बन्ने विषय नियम संगत छैन।”

प्राडा केसीको विषयमा जानकारी लिन खोज्दा छनौट समितिका डा.अजय थापा सम्पर्कमा आउन चाहेनन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्