काठमाडौं । सरकारले स्वर्गिय सत्य मोहन जोशीको सम्मानमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार गृह मन्त्रालयले विज्ञप्ति निकाल्दै मन्त्रिपरिषदको बैठकको निर्णयका आधारमा मंगलबार सार्वजनिक बिदा दिईएको जानकारी दिएको हो बाङमय शताब्दी पुरुष जोशीको आइतबार निधन भएको थियो । जोशीको १०३ बर्षको उमेरमा ललितपुरस्थित किस्ट मेडिकल कलेजमा निधन भएको थियो । सरकारले उनको राष्ट्रिय सम्मानसहित अत्यष्ठी गरेको थियो । जोशीको मृत शरिरलाई अध्ययनका लागि राखिएको छ ।
स्वर्गिय सत्य मोहन जोशीको सम्मानमा मंगलबार सार्वजनिक बिदा

प्रतिक्रिया दिनुहोस्