Skip to content
Shikhar Insurance
National Life

स्वरोजगार लघुवित्तद्वारा २३.१५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति?

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार रुपैयाँको कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २२ प्रतिशतका दरले हुने ११ करोड ३१ लाख १ हजार बोनस सेयर रहेको छ भने १.१५७९ प्रतिशतका दरले हुने ५९ लाख ५२ हजार रुपैयाँ बराबर नगद लाभांश (कर सहित) रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधन्लाई वितरण गर्न योग्य हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्