Skip to content
Shikhar Insurance
National Life

स्पेशल प्रि-ओपन सेसनमा कतिमा भयो घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपवार र अप्पर साँङ्गेको पहिलो कारोबार?

Hyundai
NCELL
NIMB

काठमाडौं । आइतबार स्पेशल प्रि ओपन सेसनमा घोराही सिमेन्ट, थ्रीस्टार हाइड्रोपावर र अप्पर साँङ्गे हाइड्रोपावरको सेयर पहिलो कारोबार भएको छ।

आइतबार स्पेशल प्रि ओपन सेसनमा घोराहीको सेयर प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको छ भने थ्रीस्टार हाइड्रोपावरको २५५ रुपैयाँ र अप्पर साँङ्गेको २५३ रुपैयाँ ६० पैसामा पहिलो कारोबार भएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यी तीन कम्पनीको सेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। नेप्सले घोराहीको पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसा देखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो।

त्यसैगरी, नेप्सेले थ्रीस्टार हाइड्रोपावरलाई न्युनतम ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा र अप्पर साँङ्गे हाइड्रोपावरलाई न्युनतम ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यी कम्पनीहरुको सेयर आज पहिलो कारोबार भएको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE