Skip to content
Shikhar Insurance
National Life

स्थानीय सरकारलाई बीमा बुझाउँदै समिति, सिद्धिचरणमा कार्यकारी निर्देशक पौडेलले यसो भने…

Hyundai
NCELL
NIMB

काठमाडौं । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा बीमा सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा करिब एक सय भन्दा धेरै स्थानीय जनप्रतिनिधी तथा नागरिकहरुको सहभागीतामा एक दिने बीमा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, लुम्बिनी जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बिनोद काजी श्रेष्ठ लगायत ओलखढुंगा पुगेका हुन् ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै नागरिकमा बीमाको पहुँच पुर्याउन सकिएमा महाविपत्तिहरुपछि व्यहोर्नुपर्ने आर्थिक दायित्वबाट तिनै वटा सरकारहरुले छुटकारा पाउने बताएका थिए ।

जीवन बीमक संघका अध्यक्ष तथा मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठले जीवन बीमा गरेपछि परिवारमा आम्दानीसँग जोडिएका सदस्यहरुको मृत्यु वा अशक्तताको अवस्था आईपर्ने आर्थिक दायित्व पुर्ति गर्न जीवन बीमा आवश्यक रहेको बताएका थिए ।
लुम्बिनी जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बिनोद काजी श्रेष्ठले बीमाले कति आर्थिक दायित्व बोक्छ र कस्तो अवस्थामा सहयोग पुर्याउँछ भन्नेबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले समृद्ध नेपाल, सुखी नेपालीको अभियान पुरा गर्न बीमा क्षेत्रले महत्वपूर्ण योगदान दिने बताए । उनले बीमा क्षेत्रको विस्तारद्धारा सम्भावित विपत्तिबाट उत्पन्न हुने आर्थिक जोखिम हस्तान्तरणका लागि आफुले सहयोग गर्ने बताए ।

मेयर श्रेष्ठले दावी भुक्तानीमा भने कम्पनीहरुले पनि बिशेष ध्यान दिनुपर्ने बताएका थिए । उप मेयर इन्दु कुमार गुरुङले बीमा सम्बन्धी सचेतना कार्यक्रम धेरै पहिले गर्नुपर्ने देखिएको र अब त्यसलाई निरन्तरता दिने बताइन् ।

बीमा समितिले बीमा सम्बन्धी जानकारी बढाउन देशका बिभिन्न स्थानीय तहहरुसँगको साँझेदारीमा कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्