Skip to content
Shikhar Insurance
National Life

स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउन आवश्यक छ : मुख्यमन्त्री अधिकारी

Hyundai
NCELL
NIMB

तनहुँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । तनहुँको म्याग्दे गाउँपालिका –४ नारिङ्गेमा निर्माण भएको गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा स्थानीय तहलाई बलियो बनाउने कुरामा आफू सधैँ दृढ रहेको बताएका हुन् ।

मुख्यमन्त्री अधिकारीले भने ‘स्थानीय तहलाई सवल र सुदृढ बनाउँदै प्रदेशलाई नजिकको सरकार बनाउने र सङ्घ सरकार मूल आयोजनामा केन्द्रित हुने अठोट र सङ्कल्प विस्तारै कार्यान्वयन हुँदै गएको छ ।’ मुख्यमन्त्री अधिकारीले भाषणमा भन्दा काममा विश्वास गर्ने भएकाले गर्न सकिने कुरामात्रै बोल्ने बताउनुभयो । उनले भने ‘जति सकिन्छ त्यति गर्ने हो । मुखले बोलेर मात्र हुँदैन । जति काम गर्न सक्छौँ, इमानदारीपूर्वक गर्छौं ।’

म्याग्दे गाउँपालिकाको हरेक कदममा गण्डकी प्रदेश सरकारको समर्थन रहने बताउँदै मुख्यमन्त्री अधिकारीले भने ’खानेपानीको समस्या, बाटोको समस्या, सडकका समस्या स्थानीय तहले सम्पन्न गर्ने कुरामा सहजीकरण हुनेछ । प्रदेशले ध्यान पु¥याउने कुरामा गम्भीर छौं ।’ निर्माणाधीन पृथ्वीराजमार्ग ढिलाइप्रति आफूले अघिल्लो कार्यकालमै ध्यानाकर्षण गराएको र अहिले पनि आयोजनालाई छिटो काम गर्न निर्देशन दिइसकेको बताए ।

पूर्वमन्त्री एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले म्याग्देको विकासका लागि धेरै काम भएको बताउँदै यस क्षेत्रको थप विकासका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउने बताए । म्याग्देमा चक्रपथ निर्माण गर्ने योजना परोस् भन्ने सुझाव प्राप्त भएकाले सङ्घ सरकारबाट पहल गरिने भण्डारीले प्रतिबद्धता जनाए ।

जनताको आवश्यकता र मागलाई हेरेर स्थानीय र प्रदेश सरकारले बजेट बनाउनुपर्नेमा उनको जोड थियो । भण्डारीले निर्माणाधीन पृथ्वीराजमार्गको ढिलाइले जनताले सास्ती भोग्नुपरेको बताउँदै राजमार्ग छिटो सम्पन्न गराउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराइरहेको भण्डारीले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्