Skip to content
Shikhar Insurance
National Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४ लाख इकाइ ऋणपत्र बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज (माघ २६ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले अंकित मूल्य १००० रुपैयाँका दरले २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख इकाइ ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुल्ला गरेको हो ।

त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार इकाइ ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गरिने र बाँकी ९ लाख ६० हजार इकाइ ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरेको बैंकले जनाएको छ।

सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० इकाइ ऋणपत्रमध्ये ४८ हजार इकाइ सामूहिक लागनी कोषको लागि बाँडफाँट गरिएको छ।

लगानीकर्ताहरुले बैंकको उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइ देखि अधिकतम १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशन छिटोमा फागुन १ गते बन्द हुनेछ। भने सो अवधिमा माग अनुसार पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि फागुन ११ गतेसम्म लम्बिनेछ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्