Skip to content
Shikhar Insurance
National Life

स्किल विकको पाँचौं संस्करण गर्दै ग्लोकल आफ्टर स्कुल

Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ । स्कुलले रोजगारीमा चाहिने सिपका लागि इको सिस्टम निर्माणमा टेवा पुग्ने गरी मार्च ३१ देखि अप्रिल ८ सम्म संस्करण गर्ने भएको हो ।

एक हप्ते स्किल वीक कार्यक्रममा विभिन्न सिपमूलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरञ्जनलाई मध्यनजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने स्कुलले जनाएको छ । कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधी देखि कला तथा संस्कृति झल्किने सिपको महत्व उजागर गर्ने लक्ष्य स्कुलले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो युवाहरुका लागि एक खुल्ला मन्च हो । सम्पूर्ण आवेदन निशुल्क हुनेछन् र युवाहरुले सिपका विभिन्न किसिमका यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन् । कार्यक्रममा ४ फरक सिप क्षेत्रहरूमा प्रदर्शन गरिन भएको छ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र बिज्ञान र प्रविधी रहेका छन् । सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ५ जना ब्यक्तित्वहरुलाई सम्मानित गरिनेछ ।

रणनीतिक साझेदारको रूपमा युरोपियन युनिअन, भारतीय दूतावास, युएनएचसीआर, स्विस एजेन्सी; इन्स्योर, र काठमाडौं महानगरपालिका रहेका छन् । होन्डा, कोका–कोला, ब्रिटिश काउन्सिल, शिभा, वर्ल्ड लिंक, र काठमाडौं वर्ल्ड स्कूल साझेदारहरूको रूपमा; पहल साझेदारको रूपमा सोल्टी काठमाडौं; गोल्छा ग्रुप द्वारा समर्थित; एयरलाइन्स साझेदारको रूपमा यति एयरलाइन्स; टेक पार्टनरको रूपमा नियो ; टिकटिङ पार्टनरको रूपमा खल्ती; ज्ञान साझेदारको रूपमा किंग्स कलेज, होटल संघ नेपाल र नाडा अटोमोबाइल संघ ; पि आर साझेदारको रूपमा प्रिज्मा विज्ञापन; आउटरिच पार्टनरको रूपमा नो नेक्स्ट क्वेशन र डिजिटल मिडिया पार्टनरको रूपमा व्यास मिडिया नेटवर्क, डिश होम गो रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्