Skip to content
Shikhar Insurance
National Life

सोमबार नेप्सेले गर्यो ३ कम्पनीको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ कारोबार?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले ३ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबार न्यादी ग्रुप पावर, स्वावलम्बन लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले न्यादी ग्रुपको ४.७५ प्रतिशत, स्वावलम्बन लघुवित्तको १५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्यको आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो । सोमबार कारोबारको दिन दोस्रो बजारमा न्यादी ग्रुपको सेयर मुल्य २७६ रुपैयाँ, स्वावलम्बन लघुवित्तको १ हजार १३० रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ३२६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

समायोजनपश्चात न्यादी ग्रुपको सेयर मूल्य २६३ रुपैयाँ ४८ पैसा, स्वावलम्बन लघुवित्तको ९८२ रुपैयाँ ६१ पैसा र कर्पोरेट डेभलपमेन्ट बैंकको ३१० रुपैयाँ ४८ पैसा कायम भएको छ ।

उक्त समायोजित सेयर मूल्यमा मंगलबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्