Skip to content
Shikhar Insurance
National Life

सेयर लगानीकर्ताहरूले लगाए ब्रोकर अफिसमा ताला, कारोबार प्रभावित

Hyundai
NCELL
NIMB

काठमाडौं । ब्रोकर कम्पनीहरुले सरकारलाई घुँडा टेकाउन सेयर कारोबार प्रणाली नै बन्द गरेका छन्। ब्रोकरले प्रणालीनै बन्द गरेपछि आइतबार सेयर कारोबार ठप्प भएको छ।

आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म सेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।

उनीहरुले कुनै ब्रोकरले टिएमएस खोलेका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित ब्रोकरले नै लिनु पर्ने चेतावनीसहितको सूचना ब्रोकर कार्यालयमा टाँसेका हुन् ।

टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् । अहिले तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्