Skip to content
Shikhar Insurance
National Life

सेयर बजारबारे जथाभावी लेखे डेढ लाख जरिवाना र १ वर्ष कैद, मिडिया र सामाजिक सञ्जाल पनि फन्दामा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन निर्देशन दिएको छ । बोर्डले सूचना जारी गर्दै कसैले सूचनाको अवज्ञा गरी अब उपरान्त बोर्डको स्वीकृति बिना यस्ता कार्यलाई निरन्तरता दिएको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिने बताएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था छ । त्यस्तै, अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनको आधारमा मात्र दोस्रो बजार सूचकांक तथा सूचिकृत संगठित संस्थाको शेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था छ ।

धितोपत्रसम्बन्धि ऐनमा बजार प्रभावित गराउने अभिव्यक्ति तथा समाचारलाई कसुर मानिएको छ । यस्तो काम गरे ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षसम्म कैद हुने छ ।

विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न तथा विभिन्न शेयरहरु खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेका छन् । बोर्डले संचार माध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने विषयमा टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित शेयरहरु किन्न उक्साउने वा नकिन्न अभिपे्ररीत गर्ने वा बजारको स्वतन्त्र रुपले संन्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन सबै सम्वद्ध पक्षलाई सूचित गरेको हो ।

“धितोपत्र बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी संचालनबाट लगानीकर्ताको हित संरक्षण हुने हुनाले धितोपत्र बजारलाई प्रभावित पार्ने कार्यहरु हुन नदिन बोर्ड सचेत छ,” सूचनामा भनिएको छ, “त्यस्ता घटनालाई नजिकबाट नियालिरहेकोले हाललाई त्यस्तो कार्य नगर्न नगराउन सबैलाई सूचित गरी सूचना प्रकाशन गरिएको छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्