Skip to content
Shikhar Insurance
National Life

सेयर बजार बढाउन राष्ट्र बैंकले नीतिगत सुधार गरिदिनुपर्छ, मैले पनि त घट्न नदिएकै हुँ

Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा युवराज खतिवडाले सेयर बजारको सुधारका लागि नेपाल राष्ट्र बैंकले नीतिगत सुधार गर्नैपर्ने बताएका छन् । केन्द्रीय बैंकले सांकेतिक रूपमै भएपनि नीतिगत सुधार गरिदिनुपर्न भन्ने आफ्नो सुझाव रहेको उनले बताएका हुन् ।

बिहीबार साँझ ६ बजे एपीवान टेलिभिजनमा प्रशारण हुँदै गरेको अन्तर्वार्तामा खतिवडाले आफू जिम्मेवारीमा रहँदा मार्केट मेकरलाई किन्नै लगाएर बजारलाई तल ओर्लनबाट जोगाएको खुलासा पनि गरे । अन्तर्वार्ताको प्रोमो सार्वजनिक भइसकेको छ ।

खतिवडाको यो तर्कसँगै नेपाल राष्ट्र बैंकमाथि नीतिगत सुधारको दबाब थपिएको छ । ३२ सय अंकसम्म पुगेको बजार पछिल्लो समय १८ सय अंक नजिक आइपुग्नुलाई केन्द्रीय बैंकको ४/१२ नीतिलाई मान्ने गरिएको छ । अहिले ४/१२ फिर्ता गर्नुपर्ने चौतर्फी दबाब छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले गुरू पनि मान्ने खतिवडाले सार्वजनिक रूपमा केन्द्रीय बैंकले नीतिगत सुधार गरेर बजार बढाउन सघाउनुपर्छ भन्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

“राष्ट्र बैंकले अहिले सांकेतिक रुपमै भएपनि केहि नीतिगत सुधार गर्नुर्छ भन्ने मेरो पनि सुझाव हो त्यति मात्र हैन अरु केहि कुराहरुबाट पनि सेयर बजारलाई व्यवस्थित गर्न सकिन्छ,” उनले भनेका छन्, “विगतमा लगानीकर्ता प्यानिक हुन लाग्दा नागरीक लगानी कोष लगाएत अन्य मार्केट मेकरहरुलाई किन्न लगाएरै मैले बजारलाई तल जान रोकेको थिए ।”

उनले सेयर बजार सिँढि चढेर माथि माथि जानुपर्नेमा कहिले काँही लिफ्ट चढेर पनि माथि पुग्दा दुर्घटना हुने गरेको बताए । “लिफ्टबाटै झर्दा कहिलेकाहीँ लेभलमा भन्दा पनि तल बेसमेन्टमै पुग्न सक्छ,” उनले भने, ‘जब बजार तल झर्न थाल्यो तब सार्वजनिक रुपमै मिडियामा अब बजारलाई धेरै तल झर्न दिनु हुँदैन भन्ने पनि मै हुँ, नेप्से २२/२३ सयमा हुँदा यो ओभर करेक्सन भयो भनेर भनेकै हुँ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE