काठमाडौं । सोमबार सेयर बजार करेक्सनको बाटोमा अघि बढेको छ । १ः१५ बजेको अवधीमा बजार ३०.२२ अंकले घटेको छ भने कारोबार रकम पनि ४ अर्ब ९५ करोड रुपैयाँ छ । जलविद्युत, अन्य र म्युचुअल फण्ड बाहेकका सबै सब इण्डेक्स ओरालो लागेका छन् । सिभिल बैंक, कर्पाेरेट डेभलपमेन्ट बैैंक, सेञ्चुुरी कमर्सियल बैंक, माछापुच्छ्रे बैंक लगायतको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
सेयर बजार करेक्सनको बाटोमा

प्रतिक्रिया दिनुहोस्