Skip to content
Shikhar Insurance
National Life

सेयर बजारमा बियरिस ट्रेण्ड सुरु भएकै हो ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सोमबार कारोबार समय सकिएपछि सेयर बजारका ठूला खेलाडीमध्ये गनिने अम्बिका प्रसाद पौडेलले फेसबुकमा लेखे–‘छिमेकीको पक्की घरमा बिजुली सर्ट गराई आगो लगाउदा आफ्नो खरको घर बिर्सनु भयो महोदय, आगोले खरको घरलाई बल्ल समात्न लागेको छ। अब गुहार गरेर केही हुनेवाला छैन ।’

पौडेलले मात्रै होइन, यतिबेला बजारका अधिकांश ठूला खेलाडीहरु बजार बियरिस ट्रेण्डमा गएको बताउन थालेका छन् । ब्रोकर कम्पनीका साहुहरु समेत अब बजारमा उल्टो लय समातेको र गतिलै नीतिगत सुधार नभएसम्म लगानीकर्ताको आत्मविश्वास नफर्किने बताउँछन् ।
‘परिस्थिति हेर्दा बजार बियरिस ट्रेण्डमै गएको जस्तो देखिन्छ, अब बजारमा पर्याप्त मात्रामा पैसा आउने वातावरण नभएसम्म लगानीकर्ताको मनोबल फर्कने सम्भावना छैन्’, एक ब्रोकरले सिंहदरबारसँग भने ।

आइतबार ४१ अंकले घटेको बजारमा सोमबार ३० अंकको गिरावट आयो । आइतबार ४ अर्ब ५८ करोडको सेयर किनबेच भएको थियो । तर सोमबार कारोबार रकम पनि २ अर्ब ५४ करोडमा खुम्चियो । बीमा कम्पनीहरुको पुँजी वृद्धिले बजारमा सकारात्मक सन्देश प्रवाह गर्ने र घट्दो बजारले पुनः लय समाउने अपेक्षा गरिएको थियो ।

तर त्यसको ठिक विपरिद सोमबार सबै उप समुहहरु रातै भए । लगानीकर्ता संघ संघठनहरुले सेयर बजार सुधारका लागि अब धितोपत्र बोर्ड र राष्ट्र बैंकमाथि अर्थमन्त्रालयले ठूलै एक्सन लिनुपर्ने बताउन थालेका छन् ।

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले लगानीकर्ताहरुको मनोबल घटेकाले बजार निरन्तर ओरालो लागेको बताए ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डका पोलिसीहरुमाथि हस्तक्षेप गरि लगानीकर्ताहरुको मनोबल बढाउन भूमिका खेल्नुपर्ने बताए । ‘अहिले लगानीकर्ताहरुको मनोबल कमजोर भएको देखिन्छ, अब अर्थमन्त्रालयले राष्ट्र बैंक र धितोपत्र बोर्डका केहि नीतिहरुमाथि हस्तक्षेप गर्नुपर्छ’, उपाध्यक्ष फुल्लेलले सिंहदरबारसँग भने ।

बजार सम्बन्धी निरन्तर अध्ययन गरिरहेका अधिवक्ता ज्योति दाहालले भने बजार बुलिस की बियरिस भनेर हल्ला गर्नु नहुने बताए ।
बढ्नु र घट्नु नै बजारको सुन्दर पक्ष भएकाले आत्तिनु र मात्तिनु नहुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्