Skip to content
Shikhar Insurance
National Life

सेयर बजारको ओरालो यात्रा कायमै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ५.८३ अंकले घटेको छ ।

आजको कारोबारपछि नेप्से परिसूचक १,८५८.५६ को बिन्दुमा कायम भएको छ । आज २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.०१ र उत्पादन तथा प्रशोधन समूह ०.९८ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ९.३९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्य ७.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएक शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६० लाख दुई हजार दुई सय २५ बराबरको ६ लाख १६ हजार सात सय ७५ कित्ता सेयर किनबेच भएको छ

GBIME

प्रतिक्रिया दिनुहोस्