Skip to content
Shikhar Insurance
National Life

सेयर धितोको ४/१२ नीति संशोधन, १२ करोड रुपैयाँसम्म एउटै बैंकबाट कर्जा लिन पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको ४/१२ नीति संशोधन गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सो बताएका हुन् ।
उनले एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने सक्ने व्यवस्थाको गरिने बताएका हुन् ।
‘सेयर धिातो राखी प्रवाह हुने मार्जिन प्रकृतिको एकल ग्राहक सीमा एउटा वा सबै इजाजत प्राप्त वित्तीय संस्थाहरुबाट लिन सक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरिनेछ ।’

यसअघि धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइने व्यवस्था रहेकोमा अब एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्