Skip to content
Shikhar Insurance
National Life

सेबीका अध्यक्ष पनि घोटालामा मुछिए, अडानीसँग गोल्डेन सेयर लिएको आरोप

Hyundai
NCELL
NIMB

काठमाडौं ।  भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड आफ इण्डिया(सेबी)का अध्यक्ष पनि घोटालामा मुछिएका छन् ।

अमेरिकी संस्था हिन्डेनबर्ग रिसर्चले एक रिपोर्टमा सेबीकी अध्यक्ष र उनका पतिको ‘अडानी मनी सिफेनिङ स्क्याम’मा प्रयोग भएको अफशोर फण्डमा हिस्सेदारी रहेको दाबी गरेको छ ।

पछिल्लो समय नेपालमा पनि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र त्यसको नेतृत्व विरुद्ध चौतर्फी प्रश्न उठिरहेका छन् । संसदको सार्वजनिक लेखा समिति देखि अर्थ समितिसम्मले बोर्डका काम कारवाहीबारे चासो देखाईरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बोर्डका पछिल्ला गतिविधिहरुमाथि सुक्ष्म निगरानी गरिरहेको बताउँदै आएको छ ।

सेबीकी अध्यक्ष माधवी पुरी बुच र उनका पति धवल बुचले हिन्डेनबर्गले जारी गरेको रिपोर्टलाई लिएर एक वक्तव्य जारी गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार माधवी बुच र उनका पतिले भनेका छन्, ‘हामी यो भन्न चाहन्छौं कि हामीमाथि लगाइएका आधारहीन आरोपहरूको खण्डन गर्दछौं ।’

‘हाम्रो जीवन र हाम्रो वित्तीय खाता खुला किताब जस्तै हो र सबै आवश्यक जानकारी वर्षौंदेखि सेबीलाई दिइएको छ’ उनले भने ।

उनले भनिन्, ‘हामी नागरिक भएको समयसँग सम्बन्धित अन्य कुनै पनि वित्तीय कागजातहरू सार्वजनिक गर्न हामीलाई कुनै हिचकिचाहट छैन ।’

उनले भने, ‘मुद्दाको पूर्ण पारदर्शिता सुनिश्चित गर्न हामी उपयुक्त समयमा पूर्ण बयान जारी गर्नेछौं ।’

उनले भनेका छन्, ‘सेबीले हिन्डेनबर्ग रिसर्च र कारण देखाऊ विरुद्ध कारबाही गरेको थियो ।’ बीबीसी हिन्दीबाट

GBIME

प्रतिक्रिया दिनुहोस्