Skip to content
Shikhar Insurance
National Life

सेना दिवसमा गत वर्षको भन्दा १२ सय कम सैनिक सहभागी हुने (यस्तो छ कारण)

Hyundai
NCELL
NIMB

काठमाडौं । यो वर्षको सेना दिवसका अवसरमा नेपाली सेनाले काठमाडौंको सैनिक मञ्‍च, टुँडिखेलमा मुख्य समारोह तथा नेपाल भरि रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेसन, पृतना, बाहिनी, युनिट तथा सब-युनिटले पनि आ-आफ्नो क्षेत्रमा विभिन्‍न कार्यक्रमहरु आयोजना गरि मनाउने भएको छ । गत वर्ष ३६ सयको संख्यामा नेपाली सेनाको जनशक्ति महाशिवरात्री तथा सेना दिवसको कार्यक्रममा सहभागी रहेकोमा यो वर्ष कोभिड-१९ का कारण जनशक्तिको सहभागिता संख्या २४ सय रहने सेनाले बताएको छ ।

महाशिवरात्री तथा सेना दिवस २०७७ मा विगतका वर्षमा भन्दा कम फौज परिचालन गर्नुको साथै त्रिभुवन आर्मी अफिसर्स क्लबमा हुने सांस्कृतिक तथा रात्रिभोज कार्यक्रम र विभिन्न सार्वजनिक स्थल तथा सपिङ्ग मलमा डिजिटल स्क्रिन बोर्डमार्फत हुने प्रत्यक्ष प्रसारण नगरिने भएको छ ।

यी गतिविधि सञ्चालन हुने

(क) राष्ट्रपति विद्यालदेवी भण्डारीको प्रमुख आतिथ्यमा राईफल तथा तोपबाट बढाँई कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेट लगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी तथा विभिन्न हतियार तथा ईक्युप्मेन्टहरुको प्रदर्शन, ब्याण्ड डिस्प्ले, नेपाली सेनाका हेलिकप्टरहरुबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस-२०७७ लेखिएको ब्यानर प्रदर्शन र पुष्पबृष्टि तथा हवाइ जहाजहरुबाट फ्लाइ पास्ट प्रदर्शन ।

(ख) राष्ट्रिय गौरवका सडक निर्माण आयोजनाहरु, राष्ट्रिय निकुञ्‍ज तथा बन्यजन्तु आरक्षण, विश्व शान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापन सम्बन्धि विविध गतिविधिहरु झल्कने गरि झाँकी प्रदर्शन ।

(ग) आकर्षक सैनिक कलाहरुको प्रदर्शन अन्तर्गत नेपाली सेनाका प्यारा ट्रुपरबाट फ्रि-फल जम्प लगायत खुकुरी ड्रिल।

(घ) नेपाली सेनाको कल्याणकारी कोषबाट ऋण सहयोग प्राप्त गरी कार्य गर्ने अवकाश प्राप्त उत्कृष्ट किसानलाई “प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान”, उत्कृष्ट उद्यमीलाई “प्रधान सेनापति लघुवित्त उद्यमी सम्मान” र “सर्वोत्कृष्ट भुतपूर्व सैनिक सम्मान” प्रदान ।

(ङ) नेपाली सेनाको प्रकृति संरक्षण तथा युद्धकार्य तथा पेशागत निरीक्षण २०७७ मा उत्कृष्ट नतिजा हासिल गर्ने युनिटहरुलाई प्रधान सेनापतिबाट ट्रफि तथा पुरस्कार प्रदान । त्यसै गरी पदोन्नती हुनेहरुलाई दर्ज्यानी चिन्ह तथा वर्ष भरी उत्कृष्ट कार्य गर्नेहरुलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान ।

(च) राष्ट्रपतिबाट “नेपाल एकिकरणको ईतिहास (१८०१-१८७२)”, “नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय” र “सिपाही वार्षिक-२०७७” को विमोचन तथा फ्रि-फल जम्पमा प्रथम र द्वितिय हुने सहभागीहरुलाई पुरस्कार वितरण

GBIME

प्रतिक्रिया दिनुहोस्