Skip to content
Shikhar Insurance
National Life

सेतो नुनमा कालो धन्दा, वर्षदिन बित्दा पनि पूर्व राज्यमन्त्री तथा ओलीका सारथीलाई भएन कारबाही

Hyundai
NCELL
NIMB

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार मोतिलाल दुगड कालो नुनमा अधिक नाफा राखी व्यापार गर्ने गरेको खुलेको वर्षदिन बित्दा पनि कारबाही हुन सकेको छैन । दुगडकै कम्पनीले अधीक मूल्य लिएको प्रमाणसहित उजुरी गर्दा पनि दुगडमाथि छानबिन तथा कारबाही हुन नसकेको हो ।

वर्षको भदौमा राष्ट्रिय उपभोक्ता मञ्चले केही ठूला व्यापारिक मलमा गरेको अनुगमनमा आयोडिनयुक्त सामान्य नुन प्रतिकिलो ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको पाइएको थियो । भाटभटेनी लगायतका केही ठूला व्यापारिक मलमा दुगड स्पाइसेस एन्ड फुड प्रोडक्टस्, मोरङबाट उत्पादित सेन्चुरी स्प्रिङ्कल टेबल साल्ट नामक आयोडिनयुक्त नून प्रति १ सय ग्रामको ३५ रुपैयाँ बिक्रि मूल्य राखिएको भेटिएको थियो । अर्थात् प्रतिकिलो २० रुपैयाँ पर्ने यस्तो नुनको प्याकेजिङ मात्र गरी १७ गुणा बढी मूल्य तोकि प्रति सयग्राम ३२ रुपैयाँमा बिक्रि वितरण भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो जानकारी गत वर्षको भदौ १२ गते वाणिज्य विभागमा जानकारी गराइएको थियो । त्यसबारे छानविन गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति लिएर नुन उत्पादन गर्नुपर्नेमा त्यसो नगरिएको पाइएको थियो ।

तर, दुगडको कम्पनी सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्सले उत्पादन गर्ने नुनबारे सरकारले कुनै कारबाही अघि बढाइएको छैन । नेपालमा आयोडिनयुक्त नूनको उत्पादन, भण्डारण तथा बिक्रि वितरणको लागि नेपाल सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र अधिकार दिएकोमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका मोतीलाल दुगड साहु रहेको दुगड स्पाइसेस एन्ड फुड प्रोडक्टसले देशमा प्रचलित नियम कानूनको उल्लंघन गर्दै राजकीय अधिकारको दुरुपयोग गरेको हो ।

आम नागरिकको जीवन समेत जोखिममा पार्ने, बढी मूल्य लिई अनुचित व्यापारिक कारोबार गरेकामा त्यतिबेलै प्रधानमन्त्री केपी ओलीलाई दुगडमाथि कारबाही गर्न पत्राचार गरेको थियो । तर, अहिलेसम्म कुनै कारबाही भएको छैन ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्