Skip to content
Shikhar Insurance
National Life

सेञ्चुरी कमर्सियल बैंकले कर्णालीका व्यवसायीक किसानलाई सहुलियतपूर्ण कर्जा दिने

Hyundai
NCELL
NIMB

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कणार्ली प्रदेशका व्यवसायीक किसानहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । कर्णाली प्रदेश, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायको लागि ब्याज अनूदान कार्यक्रम कार्यविधी, २०७६” अनुसार बैंकले कृषि कर्जा दिने भएको हो । त्यस्तो कर्जा प्रवाहका लागि बैंक र मन्त्रालयबीच सम्झौता भएको छ ।

कर्णली प्रदेशमा रहेका सेञ्चुरी बैंकका शाखाहरुवाट व्यावसायिक कृषकहरुले सहूलियतपुर्ण कृषि कर्जा प्राप्त गर्नसक्ने छन । सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकको तर्फवाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले वीरेन्द्रनगर, सुर्खेत अवस्थित मन्त्रालयमा हस्ताक्ष्नर गरेका हुन् ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २२ शाखा रहित बैंकिङ्ग र ९२ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्