Skip to content
Shikhar Insurance
National Life

सूर्योदय वोमी लघुवित्तले बोनस सेयरमा लाग्ने कर तिर्न सेयरधनीलाई आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरूलाई वितरण गरेको बोनस सेयरमा लाग्ने कर सेयरधनीले नै तिर्नुपर्ने जानकारी गराएको छ।

लघुवित्तले २०७९/८० आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसमा लाग्ने कर सेयरधनीलाई तिर्न आग्रह गरेको हो ।

लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउनुपर्नेछ ।

बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भए पश्चात् मात्र बोनस सेयर खातामा जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्